चितनव । भरतपुर महानगरपालिकाले वडा नम्बर १४ पकौडीमा रहेको उन्नत बिज वृद्धि कृषक समूहलाई कम्बाइन हार्बेस्टर प्रदान गरेको छ ।
नेपाल सरकारको सशर्त अनुदान अन्तरगत धान, गहुँ काट्ने तथा झार्ने कम्बाइन हार्बेस्टर बिहीबार महानगर प्रमुख रेनु दाहालले कृषक समूहलाई हस्तान्तरण भएको हो ।
कम्बाइन हार्बेस्टरको साँचो हस्तान्तरण गर्दै महानगरपालिका प्रमुख दाहालले कम्बाइन हार्बेस्टरको अधिकतम सदुपयोग गरी किसान तथा समुदायलाई सेवा प्रवाह गर्न समूहलाई आग्रह गर्नुभयो । प्रमुख दाहालले उन्नत बिज वृद्धि कृषक समूहलाई विगतमा पनि महानगरपालिकाले सहयोग गरिरहेको र आगामी दिनमा पनि यसको निरन्तरता रहने भन्दै गुणस्तरीय बीउ उत्पादनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । सशर्त अनुदानमा प्रदान गरिएको सो कम्बाइन हार्बेस्टर उन्नत सहकारीले कृषकका लागि सहुलीयत दरमा उपलब्ध गराउनुपर्ने महानगर प्रमुख दाहालले स्पष्ट पार्नुभयो ।
कम्बाइन्ड हार्बेस्टर प्रदान गरेकोमा महानगरपालिकाप्रति कृतज्ञता प्रकट गर्दै समूहका सदस्य केदार पौडेलले आगामी दिनमा पनि महानगरबाट सहयोग हुने आशा व्यक्त गर्नुभयो । आर्थिक वर्ष २०७६/०७७ को नेपाल सरकारको सशर्त अनुदान कार्यक्रम अन्तरगत महानगरपालिकाले अनुदानस्वरुप २५ लाख पाँच हजार रुपैयाँ बराबरको सो हार्बेस्टर प्रदान गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ साउन २०७७, १७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान