चितनव । भरतपुर महानगरपालिकाले वडा नम्बर १४ पकौडीमा रहेको उन्नत बिज वृद्धि कृषक समूहलाई कम्बाइन हार्बेस्टर प्रदान गरेको छ ।
नेपाल सरकारको सशर्त अनुदान अन्तरगत धान, गहुँ काट्ने तथा झार्ने कम्बाइन हार्बेस्टर बिहीबार महानगर प्रमुख रेनु दाहालले कृषक समूहलाई हस्तान्तरण भएको हो ।
कम्बाइन हार्बेस्टरको साँचो हस्तान्तरण गर्दै महानगरपालिका प्रमुख दाहालले कम्बाइन हार्बेस्टरको अधिकतम सदुपयोग गरी किसान तथा समुदायलाई सेवा प्रवाह गर्न समूहलाई आग्रह गर्नुभयो । प्रमुख दाहालले उन्नत बिज वृद्धि कृषक समूहलाई विगतमा पनि महानगरपालिकाले सहयोग गरिरहेको र आगामी दिनमा पनि यसको निरन्तरता रहने भन्दै गुणस्तरीय बीउ उत्पादनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । सशर्त अनुदानमा प्रदान गरिएको सो कम्बाइन हार्बेस्टर उन्नत सहकारीले कृषकका लागि सहुलीयत दरमा उपलब्ध गराउनुपर्ने महानगर प्रमुख दाहालले स्पष्ट पार्नुभयो ।
कम्बाइन्ड हार्बेस्टर प्रदान गरेकोमा महानगरपालिकाप्रति कृतज्ञता प्रकट गर्दै समूहका सदस्य केदार पौडेलले आगामी दिनमा पनि महानगरबाट सहयोग हुने आशा व्यक्त गर्नुभयो । आर्थिक वर्ष २०७६/०७७ को नेपाल सरकारको सशर्त अनुदान कार्यक्रम अन्तरगत महानगरपालिकाले अनुदानस्वरुप २५ लाख पाँच हजार रुपैयाँ बराबरको सो हार्बेस्टर प्रदान गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ साउन २०७७, १७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना
भरतपुरको आगामी वर्षको बजेट सार्वजनिक : ५ अर्ब १९ करोडको योजना
भरतपुर महानगरको बजेट : अधुरा पूर्वाधारमा जोड, डिजिटल सहर र सामाजिक सुरक्षामा प्राथमिकता