काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ लाई 'खील निकाल्ने वर्ष' को रूपमा चित्रण गरेका छन् ।
नयाँ वर्षको उपलक्ष्यमा मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै लामिछानेले आगामी वर्षलाई 'खील निकाल्ने वर्ष' को रूपमा चित्रण गरेका हुन् । लामिछानेले लेखेका छन्, 'खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्। हाम्रो तर्फबाट धेरै शुभकामना।'
सभापति लामिछानेले मुलुकको बेथिति र पुराना राजनीतिक विकृतिहरूलाई उखेल्ने प्रयास गर्दा केही अप्ठ्यारो र पीडा हुनसक्ने संकेतसहित यस्तो बताएका हुन् । उनको पार्टी नेतृत्वको सरकारले भ्रस्टाचार र बेथितिविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने बताउँदै आएको छ ।
उनले आफ्नो र पार्टीको तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई नयाँ वर्षको सुखद कामना समेत व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ बैशाख २०८३, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'