सशस्त्र प्रहरी एसएसपीमाथि बलात्कारको आरोप, जंगलबाट पक्राउ गरियो

सफल खबर संवाददाता

बुधबार, ३१ असार २०७७, १८ : ४१
सशस्त्र प्रहरी एसएसपीमाथि बलात्कारको आरोप, जंगलबाट पक्राउ गरियो

काठमाडौं । बलात्कारको आरोप लागेका सशस्त्र प्रहरी बल नेपालका एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् । 

सशस्त्र मुख्यालय उच्चस्रोतका अनुसार एसएसपी अधिकारीले चितवनको भरतपुर बस्ने एक महिलालाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको पाइएको छ । एसएसपी अधिकारीले ती महिलालाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको आरोप छ । ती महिलाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

उजुरीपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

नेपाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत अधिकारीलाई कार्यालय नजिकैको जंगलबाट पक्राउ गरिएको हो ।