काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका चर्चित अभिनेता अमिताभ बच्चन र उनको छोरा अभिषेक बच्चनलाई स्वास्थ्यलाभको कामना गरेका छन् । आइतवार अपराह्न सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले कोरोना संक्रमित दुवैलाई स्वास्थ्यलाभको कामना गरेका हुन् ।
‘भारतका महान अभिनेता अमिताभ बच्चन र उनको छोरा अभिनेता अभिषेक बच्चनलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’ओलीले आफ्नो ट्वीटरमा लेखेका छन् । आइतवार बिहान अमिताभ र अभिषेक दुवैलाई कोरोना संक्रमण भएको समाचार बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली
देश बनाउने र जलाउनेबिचको लडाइँमा एमालेको जित अनिवार्य छ: अध्यक्ष ओली
फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली