कस्तो रहला आज देशभरको मौसम ?

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०८२, ०६ : ४९
कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर अधिकांश बादल लागेको छ। 

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। 

आज राति कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग साथै लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ ।

कोशी  र गण्डकी  प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागका  एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस