काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको दिन जनताको साहस, त्याग र बलिदानले जहानिया राणा शासनको अन्त्य गरी स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन भएको बताएका छन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रजातन्त्रका लागि जीवन अर्पण गर्ने अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनले हरेक फागुन ७ ले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रको गरिमा जोगाउने, संविधानको संरक्षण गर्दै जनताका लोकतान्त्रिक अधिकार र मूल्यलाई जीवित राख्ने तथा विध्वंसबाट क्षतविक्षत भएका राष्ट्रिय धरोहर, समृद्ध मानवीय संस्कृति, उद्योग र पूर्वाधारको पुनर्निर्माण गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्न जिम्मेवारी बोध गराउने उल्लेख गरेका छन् ।
उनले यस ऐतिहासिक दिनबाट प्रेरणा लिएर सबैलाई जागरूकतापूर्वक अघि बढ्न आह्वानसमेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ फागुन २०८२, ०८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना
ओली र लेखकलाई अब के– के गर्न पाउँछ प्रहरीले ?
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो