काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा 'आयो गोर्खाली' भनेर लेखेका छन्।
शनिबार बिहान भक्तपुरबाट लेखकलाई प्रहरीले नियन्त्रणमा लिएलगत्तै गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो लेखेका हुन् ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको मानवीय क्षतिको घटनामा तत्कालीन गृहमन्त्री लेखकमाथि 'फौजदारी हेलचेक्र्याइँ' को आरोप लागेको थियो।
सोही घटनाको छानबिन गर्न गठित आयोगले कारबाहीको सिफारिस गरेपछि प्रहरीले लेखकलाई पक्राउ गरेको हो।
लेखकलाई पक्राउ अघि गुरुङले सुरक्षा अधिकारीहरुसँग लामो छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०८२, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगे सुधन गुरुङ र महावीर पुन
फेरि गृहमन्त्री बने २ महिना तस्बिर खिच्न र बधाई दिन नआउनू: सुधन गुरुङ
सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो
रामराज्यको चाहना राख्नेहरुले पनि नैतिक साहस देखाउनुपर्छ : सुधन गुरुङ
रामराज्यको चाहना राख्नेहरुले पनि नैतिक साहस देखाउनुपर्छ : सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन