काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेकलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान ५:४० मा पक्राउ गरेको हो । उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको प्रहरीका एक जना उच्च अधिकृतले बताए ।
भदौ २३ गते भएको जेनजी प्रदर्शनका बेला लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए । सो दिन काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएपछि उनले त्यही साँझ पदबाट राजीनामा दिएका थिए ।
भदौ २३ र २४ मा भएको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
शुक्रबार बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसपछि गृहमन्त्री सुधन गुरुङ ले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग उनीहरूलाई पक्राउ गर्ने विषयमा छलफल गरेका थिए ।
यस क्रममा शनिबार बिहान भक्तपुर सूर्यविनायक नगरपालिका–५, कटुञ्जे मनोरम टोलस्थित निवासबाट उनलाई नियन्त्रणमा लिई काठमाडौँ ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०८२, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिशोधको विरुद्ध कानूनी र राजनीतिक लडाइँ जारी रहनेछ : रमेश लेखक
पूर्व गृहमन्त्री रमेश लेखक रिहा
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
रमेश लेखकलाई २ दिन म्याद थप
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा