काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद चर्केपछि विवाद मिलाउने नाममा नेताहरूले आ–आफ्नै लाइन प्रस्तुत गरेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य रामबहादुर थापा र दोस्रो पुस्ताका नेता घनश्याम भुसालसम्मले शीर्ष नेताहरूबीच उत्पन्न विवाद मिलाउन आ–आफ्नै लाइन प्रस्तुत गरेका हुन् ।
स्थायी कमिटी बैठक रोकेर निरन्तर छलफलमा रहेका दुई अध्यक्षबीच प्रधानमन्त्री कि पार्टी अध्यक्ष भन्ने विषय मिल्न सकेको छैन। ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने मागबाट दाहाल एक कदम पछाडि हटेका छन्। दुईमध्ये एक पद छाड्न गरिएको आग्रह बेवास्ता गरी ओलीले दुवै पदमा आफू रहनुपर्ने अडान कायम राखेका छन्।
उनले दुवै पदबाट नहट्ने बताउँदै अन्य विषयमा मात्रै छलफल गरौं भनिरहेका छन्। बुधबार साँझको छलफलमा पनि ओलीले सोही अडान दोहो¥याएका छन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २५ असार २०७७, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीको एकता ‘प्रस्ताव’लाई ‘विप्लव’ नेतृत्वको नेकपाले गर्यो स्वागत
विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध साउन ३० गते देशभर प्रदर्शन गर्ने
एमालेले आज ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने