काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद चर्केपछि विवाद मिलाउने नाममा नेताहरूले आ–आफ्नै लाइन प्रस्तुत गरेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य रामबहादुर थापा र दोस्रो पुस्ताका नेता घनश्याम भुसालसम्मले शीर्ष नेताहरूबीच उत्पन्न विवाद मिलाउन आ–आफ्नै लाइन प्रस्तुत गरेका हुन् ।
स्थायी कमिटी बैठक रोकेर निरन्तर छलफलमा रहेका दुई अध्यक्षबीच प्रधानमन्त्री कि पार्टी अध्यक्ष भन्ने विषय मिल्न सकेको छैन। ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने मागबाट दाहाल एक कदम पछाडि हटेका छन्। दुईमध्ये एक पद छाड्न गरिएको आग्रह बेवास्ता गरी ओलीले दुवै पदमा आफू रहनुपर्ने अडान कायम राखेका छन्।
उनले दुवै पदबाट नहट्ने बताउँदै अन्य विषयमा मात्रै छलफल गरौं भनिरहेका छन्। बुधबार साँझको छलफलमा पनि ओलीले सोही अडान दोहो¥याएका छन्। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २५ असार २०७७, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ