काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भएको छलफलले दलभित्र देखिएका सबैखाले विवाद समाधान गर्ने सहमति गरेसँगै नेकपा संकट ‘आइसब्रेक’को चरणमा पुगेको हो ।
ओली र दाहालबीच विगत केही दिनयता गम्भीर छलफल भइरहेको छ । पार्टीको जारी स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षबीच छलफल गर्दै समस्या समाधानका उपाय खोजी भइरहेको छ ।
‘हिजो दुई दलबीचको एकता पनि दुई अध्यक्षकै योजना र त्यागका आधारमा भएको थियो र आज देखिएको समस्या पनि दुई अध्यक्षले नै समाधान गर्ने गरी सहमति खोज्ने निर्णय भएको छ,’ नेकपा स्रोतले भन्यो ।
बालुवाटार स्रोतका अनुसार दुवै अध्यक्षले छलफल गर्दै नेकपा जारी स्थायी कमिटीबाटै विवाद समाधान गर्ने निष्कर्षमा पुगेका छन् । बुधबार स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्षद्वयबीच पुनः ‘वान टु वान’ छलफल हुने बताइएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २४ असार २०७७, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपाले राजेन्द्र श्रेष्ठलाई पार्टीमा भित्राउँदै गर्दा घनश्यामले भित्राउनेछन् चन्ददेव जोशीलाई