काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको किचलो ब्यवस्थापनका लागि पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच आज फेरि एक्लाएक्लै वार्ता हुने भएको छ । अहिले बिहान ११ वजेपछि ओली प्रचण्ड वार्तामा बस्न लागेका हुन् ।
सोमबार (हिजो) पनि दुई अध्यक्षले एक्लाएक्लै वार्ता गरेका थिए । प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालन दुवैमा असफल भएको निश्र्कष सहित नेकपाको जारी स्थायी समितिको बैठकमा बहस भईरहेका बेला यसको निकास कसरी दिने भन्नेमा छलफल गर्न ओली र प्रचण्ड छलफलमा बस्न लागेका हुन् ।
दुवै नेताले कुनै सहयोगी नेता नराखी एक्लाएक्लै वार्ता गर्ने भएका छन् । दुई अध्यक्ष बिच चिसिएको सम्बन्धलाई सुधार्दै नेताहरु विषय केन्द्रीत छलफलमा जुटन थालेका हुन् । ओलीलाई दुवै पदबाट राजीनामा गराउनु पर्ने अडानमा रहेका प्रचण्ड पछिल्लो पटक प्रधानमन्त्री पदबाट भने राजीनामा दिनुपर्ने बताउन थालेका छन् । प्रधानमन्त्री र अध्यक्ष छोड्ने विषयमा भए कुरै नगर्ने भन्दै आएका ओली पनि सोमबारवाट लौ ठिकै छ, यी विषयमा पनि छलफल गरौं भनेर आईपुगेका छन् ।
यो अवस्थामा हुन थालेको छलफल केही सकारात्मक बन्दै जान थालेको नेताहरुका सचिवालयवाट सूचना सम्प्रेषित भईरहेको छ । ओली र प्रचण्डको छलफलको वातावरण निर्माण र साझा निश्र्कष निकाल्नका लागि भोलि सम्मलाई स्थायी समिति बैठक रोकेर छलफलमा जुटिरहेका हुन् ।
ओली प्रचण्ड छलफल पछि दाहाल सहितका सचिवालयका ६ नेताको पनि आजै छलफल हुन सक्ने सम्भावना पनि रहेको नेताहरुको भनाई छ । उहाँहरु बीचको छलफल आज कसरी जान्छ, त्यसपछि के गर्ने, कसरी जाने भन्ने विषयमा छलफल गर्न सम्भवतः हामी पनि आजै छलफलमा बस्छौं, होला, नेकपा सचिवालयका एक नेताले सफलखबरसँग भने ।
दुई नेताले दोश्रो तहका नेताहरुलाई सम्वादमा राख्दा झन वातावरण बिग्रने हो की भनेर दुई अध्यक्षले एक्लाएक्लै छलफल सोमबारवाट शुरु गरेका हुन् । नेताहरुले आवश्यक परे वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई राखेर पनि छलफल गर्न सकिने बताएका छन् । तर अहिले छलफल एक्लाएक्लै गर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ असार २०७७, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह’: अध्यक्ष ओली
रेनु दाहालको निर्वाचन परिणामप्रति एमाले अध्यक्ष ओलीद्वारा आश्चर्यसहित दुःख व्यक्त
अस्पतालमा ओली पिताप्रति श्रद्धाञ्जली
‘फागुन २१ कहिल्यै नबिर्सने दिन हो’ : ओली
बालकोट पुगेर ओलीले गरे मतदान
निर्वाचनको निष्पक्षतामाथि ओलीको प्रश्न