काठमाडौंं । नेकपाभित्र शक्ति संघर्ष चर्किरहँदा नेपालका लागि चीनकी राजदूत होउ यान्छीले शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएकी छिन् ।
होउले आइतबार बेलुकी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरिन् । नेकपा विदेश विभाग प्रमुख समेत रहेका नेपालसँगको उक्त भेट ‘नियमित’ रहेको नेता नेपालको सचिवालयले जनाएको छ ।
नेकपा अध्यक्षद्वय केपी ओली, प्रचण्ड र वरिष्ठ नेता नेपालबीच शक्ति संघर्ष चलिरहेको बेला होउ र नेपालबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको खबर कान्तिपुरले लेखेको छ ।
राजनीतिशास्त्री कृष्ण खनाल उक्त भेटलाई ‘असामान्य अवस्थामा सामान्य भेट’ को संज्ञा दिन्छन् । यसअघि पनि नेकपाभित्र विवाद हुँदा होउको सक्रियता बढेको र अहिले पनि सोही क्रम दोहोरिएको हो ।
एक साताअघि ओलीले भारतले सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएपछि नेकपा विवाद सतहमा आएको हो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २३ असार २०७७, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा