काठमाडौंं । नेकपाभित्र शक्ति संघर्ष चर्किरहँदा नेपालका लागि चीनकी राजदूत होउ यान्छीले शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएकी छिन् ।
होउले आइतबार बेलुकी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरिन् । नेकपा विदेश विभाग प्रमुख समेत रहेका नेपालसँगको उक्त भेट ‘नियमित’ रहेको नेता नेपालको सचिवालयले जनाएको छ ।
नेकपा अध्यक्षद्वय केपी ओली, प्रचण्ड र वरिष्ठ नेता नेपालबीच शक्ति संघर्ष चलिरहेको बेला होउ र नेपालबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको खबर कान्तिपुरले लेखेको छ ।
राजनीतिशास्त्री कृष्ण खनाल उक्त भेटलाई ‘असामान्य अवस्थामा सामान्य भेट’ को संज्ञा दिन्छन् । यसअघि पनि नेकपाभित्र विवाद हुँदा होउको सक्रियता बढेको र अहिले पनि सोही क्रम दोहोरिएको हो ।
एक साताअघि ओलीले भारतले सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएपछि नेकपा विवाद सतहमा आएको हो ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २३ असार २०७७, ०७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी
भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ