नेकपाका दुई अध्यक्षबीच निर्णायक वार्ता सुरु

सफल खबर संवाददाता

आइतबार, २१ असार २०७७, १२ : ४५
नेकपाका दुई अध्यक्षबीच निर्णायक वार्ता सुरु

file photo

काठमाडौँ । पार्टी विवादको अन्त्यका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच निर्णायक भनिएको वार्ता सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भइरहेको हो । 

ओलीसँगको वार्ता अघि प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति विद्या भण्डारीसँगको भेट सकेलगत्तै प्रचण्ड बालुवाटार छिरेका हुन् ।

प्रतिक्रिया दिनुहोस