काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएर संघीय संसदको छैटौं अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिसको निर्णय गरिरहेका बेला संसदको नेतृत्व भने आफ्नै काममा व्यस्त थियो ।
बिहीबार दिउँसो पौने १ बजेतिर प्रधानमन्त्री निवास बालुवाटारमा संसद अधिवेशन अन्त्य गर्नका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको प्रतिवेदनविरुद्ध उत्रिएका निजामती कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनका पदाधिकारीबाट ज्ञापनपत्र बुझिरहेका थिए ।
२२ गते सोमबारका लागि प्रतिनिधिसभा बैठक बोलाएका सभामुख सापकोटाले निजामति विधेयकमाथि नेकपाका सांसद छलफल गर्ने तयारी गरेका थिए । निजामति विधेयकमाथि राज्यव्यस्था समितिको प्रतिवेदन सोमबारका लागि तय गरिएको बैठकमा पेस गर्ने र विवादको समाधान खोज्नेतिर उनी लागेका थिए ।
सभामुखको सचिवालयले दिएको जानकारीअनुसार निजामति विधेयकमाथिको विवादबारे संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीसँग बिहीबार नै छलफल गरेका थिए । जतिबेला संसद अधिवेशन अन्त्य भएको पत्र राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा आइरहेको थियो ।
संघीय संसदको छैटौं अधिवेशन अन्त्यको निर्णय भइरहेका बेला माथिल्लो सदन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना भने सभाको कार्यव्यवस्था समितिको बैठक सकेर सभाको अध्यक्षता गर्न संसद भवन बानेश्वर पुगेका थिए ।
बिहीबार १ बजे राष्ट्रिय सभाको बैठक सुरु भयो । अध्यक्ष तिमिल्सिनाले बैठक सुरु गर्दासम्म पनि अधिवेशन अन्त्य भएको जानकारी नपाएको सांसद र कर्मचारीहरूले बताएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २० असार २०७७, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षासहित चारवटा समितिका बैठक बस्दै
सामाजिक सञ्जालमा महिला सांसदबारे भइरहेको प्रचारप्रति संसदमा आपत्ति
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको विपक्षीको आरोप
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न