काठमाडौं । दलभित्र घेराबन्दीमा पारिएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित कदम के हुनेछ ? नेकपाका माथिल्ला नेताहरूले समेत भेउ पाउन सकेका छैनन्।
ओलीपक्षीय स्थायी समिति सदस्य छविलाल विश्वकर्मा भन्छन्, ‘अहिले नेताहरूबीच एजेन्डामा भन्दा पनि अन्य विषयमै असमझदारी र अविश्वास बढेको छ। त्यसैले समाधानको खोजी हुन नसकेको हो। पहिले ती अविश्वास र असमझदारी बढाउने कामलाई नेताहरूले अन्त्य गर्नुपर्छ। अनि, विषयमा केन्द्रित रहेर छलफल गर्नुपर्छ। समाधान निस्किन्छ’, विश्वकर्माले अन्नपूर्णसँग भने।
विगतका समझदारीलाई ठोस रूपमा परिभाषित गरेर जाँदा नेकपाभित्रको विवाद समाधान गर्न सजिलै सकिने ओली पक्षका नेताहरूको बुझाइ छ। तर दाहाल–नेपाल पक्ष त्यो सुन्नै चाहँदैन।
दुवै पदबाट ओलीको राजीनामा उनीहरूको एकसूत्रीय अडान छ। त्यसलाई ओलीले प्रस्टै बिट मारिदिएका छन्, बिहीबार अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेलसँगको छलफलमा ‘दुवै पद छोड्दिनँ, अन्य विषयमा भए छलफल गरौं’ भनेर। अन्नपूर्णपोस्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १९ असार २०७७, ०७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी