काठमाडौं । दलभित्र घेराबन्दीमा पारिएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित कदम के हुनेछ ? नेकपाका माथिल्ला नेताहरूले समेत भेउ पाउन सकेका छैनन्।
ओलीपक्षीय स्थायी समिति सदस्य छविलाल विश्वकर्मा भन्छन्, ‘अहिले नेताहरूबीच एजेन्डामा भन्दा पनि अन्य विषयमै असमझदारी र अविश्वास बढेको छ। त्यसैले समाधानको खोजी हुन नसकेको हो। पहिले ती अविश्वास र असमझदारी बढाउने कामलाई नेताहरूले अन्त्य गर्नुपर्छ। अनि, विषयमा केन्द्रित रहेर छलफल गर्नुपर्छ। समाधान निस्किन्छ’, विश्वकर्माले अन्नपूर्णसँग भने।
विगतका समझदारीलाई ठोस रूपमा परिभाषित गरेर जाँदा नेकपाभित्रको विवाद समाधान गर्न सजिलै सकिने ओली पक्षका नेताहरूको बुझाइ छ। तर दाहाल–नेपाल पक्ष त्यो सुन्नै चाहँदैन।
दुवै पदबाट ओलीको राजीनामा उनीहरूको एकसूत्रीय अडान छ। त्यसलाई ओलीले प्रस्टै बिट मारिदिएका छन्, बिहीबार अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेलसँगको छलफलमा ‘दुवै पद छोड्दिनँ, अन्य विषयमा भए छलफल गरौं’ भनेर। अन्नपूर्णपोस्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १९ असार २०७७, ०७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक्का फुकुवा
झापा-५ बाट केपी शर्मा ओलीको एकल नाम सिफारिस
बयानमा ओलीलाई सोधिने प्रश्न तयार, जाँचबुझ आयोगले यस्तो प्रश्न सोध्दैछ ओलीलाई
कांग्रेसलाई किन उक्साउँदै छन् ओली ? यस्ता छन् तीन कारण
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली