काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषद बैठक बस्नु अगाडी राष्ट्रपतिसंग भेटघाटका लागि शीतल निवास पुगेका छन् ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली आजै बस्ने भनिएको स्थायी कमिटि बैठक पनि सुरु नगरी राष्ट्रपति कार्यालय शीतल निवास गएका हुन् ।
११ बजे स्थायी कमिटि शुरु हुनुपर्ने भएपनि अहिले सम्म शुरु हुन सकेको छैन र १२ बजे मन्त्री परिषद बैठक स्यवं ओली आफैंले बोलाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको छलफलका लागि प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।
नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गरेका छन् । उनीहरुले बुधबार बेलुका झम्सिखेलमा छुट्टै भेला गरेर शक्ति प्रदर्शन पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असार २०७७, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले निजी क्षेत्रलाई के भने ?
पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !