काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषद बैठक बस्नु अगाडी राष्ट्रपतिसंग भेटघाटका लागि शीतल निवास पुगेका छन् ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली आजै बस्ने भनिएको स्थायी कमिटि बैठक पनि सुरु नगरी राष्ट्रपति कार्यालय शीतल निवास गएका हुन् ।
११ बजे स्थायी कमिटि शुरु हुनुपर्ने भएपनि अहिले सम्म शुरु हुन सकेको छैन र १२ बजे मन्त्री परिषद बैठक स्यवं ओली आफैंले बोलाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको छलफलका लागि प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।
नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गरेका छन् । उनीहरुले बुधबार बेलुका झम्सिखेलमा छुट्टै भेला गरेर शक्ति प्रदर्शन पनि गरेका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असार २०७७, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता