एमाले दर्ता गर्न पुगेकासँग प्रधानमन्त्री ओलीको गहिरो साँठगाठ (हेर्नुहोस तस्विरसहित)

सफल खबर संवाददाता

विहीबार, १८ असार २०७७, ०९ : ४३
एमाले दर्ता गर्न पुगेकासँग प्रधानमन्त्री ओलीको गहिरो साँठगाठ (हेर्नुहोस तस्विरसहित)

काठमाडौं । सत्तारुढ दल नेकपाको पार्टी स्थायी समिति बैठकमा दुई दिन यता छलफल भईरहेको एउटा एजेण्डा हो  १४ असारमा निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेको एउटा आवेदन । तत्कालिन नेकपा एमालेको नाममा मदन भण्डारीको जन्म दिनमै निर्वाचन आयोगमा दल दर्ताका लागि आवेदन पुगेपछि बुधबार र बिहिबार नेकपाको पार्टी बैठकमा यस विषयमा पनि छलफल चलिरहेको छ ।

पार्टी बैठकमा छलफलको एजेण्डा नै बनेको यो विषयमा नेकपाभित्र किन बहस भयो ? नेताहरुले किन यसलाई गम्भीर ठानिरहेका छन् ? यसको कनेक्सन पार्टीभित्रका दुई अध्यक्षमा बढेको तिक्तता र प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीभित्रबाट आईलागेको संकट जोडिएको चर्चा नेकपा बैठकभित्र भईरहेको छ ।

ओलीले आफ्नो सत्ता रक्षाका लागि गत वैशाख ८ मा पार्टी विभाजन खुकुलो बनाउने गरी पार्टीसँग सल्लाह बिनै अध्यादेश सम्म ल्याउने काम गरेपछि नेकपामा नेताहरुकै बीचमा शंका आशंका जन्मिरहेको छ । यही शंका आशंकाका बीचमा सन्ध्या तिवारी नामकी एक महिलाले १४ असारमा निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि गरेको प्रयास अहिले नेकपा बैठकमा छलफलको एजेण्डा बनेको हो । प्रधानमन्त्री ओलीकै संगल्नताका आधारमा नेकपाको बैठकमा यो एजेण्डामा छलफल जारी छ । 

प्रचण्डले बैठकमा छलफलको एजेण्डा बनाउदै यसमा १४ असारमा एमाले नाममा पार्टी दर्ता गर्न निर्वाचन आयोगमा आवदेन पुगेको, आयोगले आवेदन लिन आनाकानी गरेको र त्यसपछि प्रधानमन्त्रीका कानुन विज्ञले दर्ता गराउनु भन्ने निर्देशन पछि आवेदन दर्ता भएको सूचना आएको छ ? किन यो दर्ता गराउन खोजियो ? यसमा प्रधानमन्त्रीको के योजना जोडिएको छ ? छलफल गर्नुपर्ने भयो भन्दै बैठकमा एजेण्डा राखेका थिए  । 

बैठकमा ओलीले यस विषयमा अनभिज्ञता देखाएपनि हिजो बुधबार आफ्नै निवास बालुवाटारमा छलफलमा बोलाएका स्थायी समिति सदस्यहरुसँग भने कसैको एमाले र मदन भण्डारीसँग आत्मीय र गहिरो सम्बन्ध रहेको आधारमा त्यही पार्टी दर्ता गराएर राजनीतिमा आउन चाहेको विषयमा आफुलाई जोडेको भन्दै असन्तुष्टि जनाएका थिए ।  तर

त्यही भएर पनि होला, उपाध्यक्ष गौतमले पार्टी बैठकमा ओलीलाई भनेका थिए, तपाई पार्टी षडयन्त्र, तिकडम र जालझेलपूर्ण तरिकाबाट चलाउनुहुन्छ, म सतप्रतिशत विश्स्वस्त छु, त्यो एमाले दर्ता प्रधानमन्त्रीकै निर्देशनमा भएको छ । छानिविन समिति पार्टीले बनाओस्, म त्यसमा प्रमाण पेश गर्न सक्छु ।

अहिले उक्त दल दर्ताका लागि आवेदन दिएकी अध्यक्ष भनिएकी सन्ध्या तिवारी सञ्चारमाध्यमको सम्र्पकमा छैनन् । उनी मोरङकी भन्ने सम्म जानकारी भएपनि उनको बारेमा अहिलेसम्म केही खुलाईएको छैन् । त्यसमा नाम रहेका हरुको ओलीकै आदेशमा सांसद अपहरण सम्ममा मुछिएका महेश बस्नेतहरुको बढ्दो हिमचिम देखिएका तस्विरहरु सार्वजनिक हुन थालेका छन् । 

हेर्नुहोस :  (केही तस्विरहरु )


 प्रदेश ३ सचिव भनिएका रौतहटका जयराम राउत, प्रधानमन्त्री ओली र ओली निकट नेता महेश वस्नेतसँग ।

उपाध्यक्ष भनिएकी भगवती खड्का प्रधानमन्त्री ओलीसँग 
 
महेश बस्नेतसँग उपाध्यक्ष भनिएकी भगवती खड्का
 
राष्टपति विद्यादेवी भण्डारीसँग उपाध्यक्ष भनिएकी भगवती खड्का । 
 
यी तस्विरका अलावा अहिले यो समुहले अध्यक्ष सन्ध्या तिवारी पार्टी दर्ता भएकै दिनमा मात्र सार्वजनिक हुने भनी गोप्य राखिरहेको छ । तर बालुवाटार स्रोतका अुनसार सन्ध्या तिवारी बेला बेला बालुवाटारमा पहुँच राख्न सक्छिन् । उनले ओलीसँग दशैंमा टिका समेत थाप्न जाने गरेकी छिन् । यसले पनि देखाउछ ओलीले पार्टीमा आफुलाई अप्ठयारो आईलागेमा पार्टी विभाजन समेत गरेर पूनः एमालेकै नाममा राजनीति गर्ने प्रयासमा लागेका छन् । 
 

प्रतिक्रिया दिनुहोस