काठमाडौं । सत्तारूढ दल नेकपाको स्थायी कमिटीको चालु बैठकमा बोल्ने नेताहरूले मिचिएको भूमि फिर्ता गर्न सरकारले थालेको प्रयास प्रशंसनीय भएको भन्दै भारतसँग प्रभावकारी वार्ता गरी अतिक्रमित भूमि फिर्ताका लागि पहल गर्न सरकारलाई सुझाव दिएका छन् ।
सरकारले भने भारतीय पक्षसँग वार्ताका लागि पटक पटक प्रयास गरेको भए पनि भारतीय पक्षबाट बेवास्ता गरिएको बताउँदै आएको छ ।
नेकपा स्थायी कमिटीको जारी बैठकका क्रममा शुक्रबार आफ्ना धारणा राख्दै नेताहरूले अतिक्रमित भूमि फिर्ताका लागि सरकारले प्रभावकारी वार्ता गर्नुपर्नेमा जोड दिए । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा आफ्ना धारणा राख्दै नेताहरूले भारतसँग प्रभावकारी वार्ता गर्न सुझाव दिएको बताए ।
अतिक्रमित भूमि लिम्पयाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा प्रकाशन र संविधानमै नयाँ नक्सासहितको निशान छापको संशोधन गर्ने कार्य ऐतिहासिक भएकाले सरकारलाई धन्यवाद दिँदै नेताहरूले ती भूमि फिर्ताका लागि प्रभावकारी वार्ता गर्न सुझाव दिएका हुन् ।
‘भारतले अतिक्रमण गरेको नेपालको भूभाग समेटर नक्सा प्रकाशन गरेर राष्ट्रिय एकतासहित संविधानको अनुसूचीमा समेत राख्ने ऐतिहासिक पहलकदमीप्रति नेताहरूबाट सरकरलाई धन्यवाद व्यक्त भएको छ,’ श्रेष्ठले भने, ‘ऐतिहासिक कोसेढुंगालाई तार्किक निष्कर्षमा पु¥याउन अझ दृढतापूर्वक अघि बढ्न सबैबाट सुझाव आएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १३ असार २०७७, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा