काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक शक्ति संघर्ष चुलिँदै गएका बेला स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी एकीकरणको दुई वर्ष र सरकार सञ्चालनको अढाइ वर्षमा विकसित घटनाक्रमले नेताहरूबीचको शक्ति संघर्ष देखिनेगरी सतहमा आएको पुष्टि गरेको छ।
नेकपाभित्र न कम्युनिस्ट भाइचारा देखिन्छ न हार्दिकता। यो शक्ति संघर्ष आमनेसामने रहेका बेला कसले कसलाई ढालेर वर्चस्व कायम गर्ने हुन्, चौतर्फी जिज्ञासा बनेको छ। बुधबार सुरु भई शुक्रबारसम्मका लागि तय भएको नेकपा सचिवालयको बैठक ओलीका निम्ति सहज नहुने देखिएको छ।
यति बेला नेकपाभित्र सबैभन्दा प्रस्ट संघर्ष प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच देखिएको छ। दूधको झिंगाजस्तै गरी पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई निकालेर ओली–दाहालले केही समय मिलिजुली सरकार र पार्टी चलाएका पनि हुन्। तर ओलीको सर्वेसर्वा हुने मोहले अहिले दलभित्रको शक्ति सन्तुलन बिग्रिएको छ। यति बेला दाहालले वरिष्ठ नेता नेपाल र अन्य शीर्ष नेताको साथ लिएर ओलीलाई टक्कर दिइरहेका छन्।
ओलीको पार्टी सञ्चालन शैली, सरकार सञ्चालन प्रक्रिया र शीर्ष नेतालाई बेवास्ता गर्ने प्रवृत्तिलाई शक्ति संघर्षको कारण मानिएको छ। पार्टीभित्र माधव नेपाल समूहलाई बेवास्ता गर्दै दाहाल–ओली मिल्नु, दाहाललाई ‘साइज’मा ल्याउन उपाध्यक्ष वामदेव गौतमलगायत नेतालाई उपयोग गरिनुजस्ता कारणले पार्टीभित्र आन्तरिक कलह विस्फोटको अवस्थामा पुगेको छ। ओलीको कार्यशैलीबाट पार्टीका शीर्ष नेताहरू दाहाल, नेपाल, झलनाथ खनाल, गौतम, नारायणकाजी श्रेष्ठसमेत असन्तुष्ट छन्। उनीहरूले बारम्बार ओलीलाई कार्यशैली सच्याउन आग्रह गरे पनि समन्वयकारी भूमिका नदेखिएको नेताहरूको गुनासो छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १२ असार २०७७, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार