तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाका एक ४९ वर्षीय व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए । शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए ।
गाउँपालिकाले त्यसपछि सुरक्षित स्थान चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा राख्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । हाल उक्त क्वारेन्टिनमा चार जना बाँकी छन् ।
“ती व्यक्तिमा मानसिक समस्या रहेको जानकारी पाएको छु”, उहाँले भन्नुभयो, “घटनाको जानकारी पाएलगत्तै यहाँबाट एक प्रहरी टोली पठाइएको छ । सुरक्षितरूपमा शव व्यवस्थापन गर्नका लागि स्वास्थ्यकर्मी टोलीसमेत घटनास्थल पुगेका छन् ।”
तनहुँमा मङ्गलबार मात्रै विभिन्न स्थानमा गरी अन्य तीन जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । तनहुँमा आत्महत्या गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । मानसिक तनाव, प्रेममा असफल, गरिबीका कारण समाजमा यस्ता घटना घट्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १० असार २०७७, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरको गठ्ठाघरमा ६५ वर्षीया महिलाद्वारा आत्महत्या
केन्यामा २०० भन्दा बढीले गरे सामूहिक ‘आत्महत्या’
परीक्षा हलबाट निश्कासित गरेको भन्दै चितवन मेडिकल कलेजकी छात्राले गरिन् आत्महत्या
विवाह गर्न नमानेको भन्दै डाक्टरको घरमा गएर नर्सले गरिन् आत्महत्या
पछिल्लो ४८ घण्टाको अन्तरालमा ९ विद्यार्थीले गरे आत्महत्या
भोजपुरी अभिनेत्री आंकक्षा आत्महत्या प्रकरणमा एक गायक पक्राउ