पाल्पा । तानसेन–गुल्मी सडकखण्ड अन्तर्गत तानसेन नगरपालिका वडा नंं ११ सम्मोबारीमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
४ वटा सवारी सधान पुरिने गरी भएको सो घटनामा मंगलबार थप एउटा शव फेला परेसँगै मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उद्धारको लागि खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले थप एक जना पुरुषको शव निकालेका हुन् । मृतक झापा शिवसतासी नगरपालिका वडा नम्बर ८ झिलेझिले बस्ने १८ वर्षीय कुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असार २०७७, १८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा