काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको आधिकारिकताको विषयमा असन्तुष्टि कायमै रहेको बताएका छन् । देउवा निकट नेताहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कानुनी रूपमा निर्णय भइसके पनि राजनीतिक रूपमा समस्या अझै कायम रहेको बताएका हुन् ।
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वप्रति सबैको स्वामित्व नभएको उनको भनाइ छ । हालको केन्द्रीय समितिका निर्णयहरू एकपक्षीय रूपमा भएको जिकिर गर्दै विशेष महाधिवेशनमा सबै पक्षको सहभागिता नभएको बताए ।
पार्टी एकताको आवश्यकता औँल्याउँदै त्यसका लागि ठोस प्रस्ताव आउनुपर्ने बताए ।
उनका अनुसार पूर्वकेन्द्रीय सदस्यहरूको बैठक बस्ने र त्यसपछि बृहत्तर छलफलमार्फत् साझा धारणा बनाउन प्रयास गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ बैशाख २०८३, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको जनाधार खस्किँदै गयो : प्रकाशशरण महत
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’