नयाँदिल्ली । सार्वजनिक भाषण र वाक्पटुताका लागि कहलिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्लो आफ्नै सार्वजनिक अभिव्यक्तिका कारण आलोचित भएका छन् । शुक्रबारको सर्वदलीय बैठकमा मोदीको चिनियाँ सेना भारतीय भूमिमा प्रवेश नगरेको भन्ने भनाइलाई लिएर विपक्षीहरु र पूर्वकूटनीतिज्ञहरुले चर्को आलोचना गरेका हुन् ।
चौतर्फी विरोध र आलोचना भएपछि भारत सरकारले मोदीको बचाउ गर्दै भनाइलाई तोडमोड गरिएको दाबी गरेको छ । गत सोमबार साँझ लद्दाखको गलवान क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त घटनाका सम्बन्धमा छलफल गर्न मोदीले नै शुक्रवार सर्वदलीय बैठक डाकेका थिए । बैठकमा मोदीले ‘पूर्वी लद्दाखको घटनाका सम्बन्धमा रक्षामन्त्री र विदेश मन्त्रीको कुरा सुने र प्रस्तुति पनि हेरेँ । न त उनीहरुले हाम्रो सीमामा पसेका छन् न त हाम्रो कुनै चौकी कसैले कब्जामा लिइएको छ,’ भनेका थिए ।
मोदीको उक्त भनाइलाई लिएर सबैतिरबाट आलोचना सुरु भएको हो । मोदीले शुक्रबारको सर्वदलीय बैठकमा राखेको भनाइप्रति विपक्षी दलदेखि पूर्वकूटनीतिज्ञसम्मले विरोध र आश्चर्य प्रकट गरेका थिए । उनीहरुले मोदीको उक्त भनाइ सरकारको यसअघिको अडानको खिलाफ भएको आरोप लगाएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०७ असार २०७७, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदी बने इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता
पुटिनलाई मोदीले दिए ‘गीता’ उपहार
मोदीले पुटिनलाई दिए जन्मदिनको शुभकामना
गाजामा युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई मोदीले गरे स्वागत
प्रधानमन्त्री कार्की र मोदीबीच फोन संवाद, नेपालकाे शान्ति तथा स्थायित्वमा भारतले सघाउने
भारतीय प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई