रोजगारी र पढाइमा विदेश जान खुला गरियो

पत्रपत्रिकाबाट

शनिबार, ०६ असार २०७७, ०८ : ००
रोजगारी र पढाइमा विदेश जान खुला गरियो

फाईल फोटो

काठमाडौं । सरकारले रोजगारी र अध्ययनका लागि भिसा लिएकाहरुका लागि निश्चित प्रावधान पालना गरी विदेश जाने बाटो खुला गरेको छ।  सरकारले चैत ११ मा लकडाउन लागू गर्नुअघि नै श्रम स्वीकृति र विदेश अध्ययनका लागि अनुमति दिन बन्द गरेको थियो । 

अब विदेशबाट उद्धारका लागि विमानमा जान मिल्ने गरी अनुमति खुला गर्ने निर्णय गरिएको हो । अन्तर्राष्ट्रिय व्यवसायिक उडानहरु भने असार तेस्रो सातासम्म बन्द रहनेछन् । कान्तिपुरले खबर छापेको छ ।