वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतीय चुनावमा जित सुनिश्चित गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङको सहयोग मागेको खुलासा भएको छ । अमेरिकाका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले लेखेको नयाँ पुस्तकमा यस्तो दाबी गरिएको हो । पुस्तकमा बोल्टनले अमेरिकी किसानद्वारा उत्पादित कृषिउपज चीनले किनोस् भन्ने ट्रम्पले चाहेको समेत उल्लेख गरेका छन् ।
सार्वजनिक हुने क्रममा रहेको पुस्तकमा बोल्टनले राष्ट्रपति कार्यालय सञ्चालन कसरी गर्ने भन्नेबारे ट्रम्पलाई कुनै जानकारी नभएको जनाएका छन् । ट्रम्प प्रशासनले उक्त पुस्तकको प्रकाशन रोक्न चाहेको छ । अमेरिकी न्याय मन्त्रालयका अनुसार पुस्तकमा ‘गोप्य सूचना’ समावेश गरिएको छ ।
यसअघि राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव संसद्मा ल्याइएको थियो । पछिल्लो समाचारले उक्त प्रयासलाई सघाउ पुगेको छ । ‘द रुम ह्वेर इट ह्यापन्ड’ नामक पुस्तक जुन २३ मा सार्वजनिक हुँदै छ ।
बोल्टनले आफूविरुद्ध लगाएका आरोपलाई राष्ट्रपति ट्रम्पले ‘शुद्ध कथा’ को संज्ञा दिएका छन् । ट्रम्पले ट्वीट गर्दै बोल्टनले आफूलाई खराब सावित गर्न ‘झूट तथा बनाइएका कथाहरूको संकलन’ गरेका दाबी गरे । ‘पुस्तकमा मेरोबारेमा लेखिएका धेरैजसो भनाइहरू मलाई कहिल्यै कसैले नलगाएका कपोलकल्पित आरोप, शुद्ध कथाहरू छन्,’ ट्रम्पले भनेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०५ असार २०७७, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व समाप्त भएको ट्रम्पको दाबी
इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्ने ट्रम्पको दाबी
'पाकिस्तान–अफगानिस्तान युद्धमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ' : ट्रम्प
विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
सर्वोच्चको फैसलाप्रति ट्रम्पको असन्तुष्टि, विश्वव्यापी आयातमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा
इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी