काठमाडौं । हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनी सहित गण्डकी प्रदेशमा विहीबार कोरोनाका थप ४२ जना संक्रमित फेला परेका छन्। गण्डकी प्रदेशमा अब मुस्ताङ बाहेक सबै जिल्लामा संक्रमित भेटिएका छन्।
प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा। बिनोदबिन्दु शर्माका अनुसार मनाङमा फेला परेका संक्रमित चामे गाउँपालिकामा कार्यरत कर्मचारी हुन्। ५७ वर्षका ती पुरुष कपिलबस्तुको बाणगंगा–१४ का हुन्। कपिलबस्तुबाट १४ दिन अघि उनी कार्यालय फर्किएका थिए। विहीबार फेला परेका अरु सबै संक्रमित भारतबाट फर्केका हुन्।
निर्देशनालयका अनुसार सबैभन्दा बढी नवलपुरका १८ जनामा संक्रमण देखिएको छ। नवलपुरको मध्यविन्दु नगरपालिकाका १७ र गैंडाकोट नगरपालिकाका एक गरि १८ जना रहेका छन्। त्यस्तै तनहुँको ऋषिङ गाउँपालिकाका सात, शुक्लागण्डकी नगरपालिकाका एक र भानु नगरपालिकाका चार गरि १२ जनामा संक्रमण पुष्टि भएको छ। गोरखाको पालुङटार नगरपालिकाका सात र सहीद लखन गाउँपालिकाका चार गरि ११ जनामा पनि संक्रमण देखिएको छ।
संक्रमण पुष्टि भएका सबैजना सम्बन्धित जिल्लाका क्वारेन्टिनमा बसिरहेका थिए। थप उपचारका लागि सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भएको निर्देनालयले बताएको छ। गण्डकी प्रदेशमा सबैगरि २८९ जनमा संक्रमण पुष्टि भएको छ।
पहिलो पटक हिमाली जिल्ला मनाङमा फेला परेका संक्रमित १४ दिनदेखि जिल्लाको क्वारेन्टिनमै बसिरहेका थिए। जेठ २७ गते उनको नमूना परीक्षणका लागि पोखरा पठाएको मनाङ स्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले बताए। मनाङको विद्यालयमा बनाइएको त्यो क्वारेन्टिनमा उनीसहित १० जना बसिरहेका थिए। उनीहरु सबै नेपालका विभिन्न जिल्लाबाट मनाङ फर्केका थिए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०४ असार २०७७, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य गतिमा फर्कँदै मनाङको पर्यटन
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति
मनाङमा रैथाने बाली उत्पादन घट्दै
मनाङमा ४६ विद्यार्थीले एसइई दिने
मनाङ केन्द्रबिन्दु भएर भूकम्प