काठमाडौँ। हालैको ठूलो हिमपातपछि केही दिन सुस्त बनेको मनाङको पर्यटन गतिविधि पुनः सामान्य गतिमा फर्किन थालेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय मनाङ पर्यटक चेकपोस्टले पछिल्ला केही दिनयता दैनिक रूपमा २७० जनाभन्दा बढी विदेशी पर्यटकले नाम दर्ता गरेको जनाएको छ ।
चेकपोस्टमा प्राप्त तथ्यांकअनुसार कात्तिक २० गते १९६ जना, कात्तिक २१ गते २८६ जना, कात्तिक २२ गते २९७ जना र कात्तिक २३ गते २६८ जना पर्यटकले दर्ता गरेका छन् । यो दैनिक तथ्यांकले पनि हिमपातका कारण केही समय रोकिएको पर्यटन गतिविधि पुनः सामान्य अवस्थामा फर्किएको देखाउँछ ।
हिमपातका कारण केही दिनसम्म पदयात्रा मार्गमा हिउँ र चिसोको असरले आवतजावत प्रभावित बनेको तर अहिले मौसम स्थिर बनेसँगै पदयात्रा मार्गहरू खुल्न थालेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय मनाङले जनाएको छ ।
उनले भने, ‘‘पर्यटकहरूको आगमन पुनः उत्साहजनक रूपमा बढेको छ । हिमपातपछि केही दिन पर्यटक कम थिए, अहिले त फेरि हिजोजस्तै चहलपहल बढेको छ ।”
मनाङका होटेल व्यवसायी फुर्वा लामाले हाल अधिकांश होटेलहरू पुनः बुकिङले भरिएको बताए। मनाङ नेपालको चर्चित अन्नपूर्ण परिक्रमा पदमार्गमा पर्ने भएकाले यहाँको पर्यटन गतिविधिले राष्ट्रिय पर्यटन अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँछ ।
हिमाल, उपत्यका र स्थानीय आतिथ्यका कारण यो क्षेत्र सधैंजसो विदेशी पर्यटकहरूको रोजाइमा रहँदै आएको छ । धारापानी चेकपोस्टका कर्मचारी भूपेन्द्रजंग गुरुङले हिमपातपछि यात्रा कठिन भए पनि अब बाटोहरू सुरक्षित रहेकाले यात्रुले मौसमअनुसार तयारी गरेर यात्रा गरेमा कुनै समस्या नहुने बताए ।
एक्यापले उच्च भू-भागमा यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिएको छ । यात्रुहरूलाई पर्याप्त तातो लुगा कपडासहित समूहमा यात्रा गर्ने सुझाएको छ ।
मनाङको हिमाली वातावरण, स्थानीय आतिथ्य र हिउँले ढाकिएका दृश्यले अहिले फेरि पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । हिमपातपछि पुनः जागेको पर्यटन गतिविधिले स्थानीय अर्थतन्त्रमा नयाँ उत्साह भरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ कार्तिक २०८२, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति
मनाङमा रैथाने बाली उत्पादन घट्दै
मनाङमा ४६ विद्यार्थीले एसइई दिने
मनाङ केन्द्रबिन्दु भएर भूकम्प
चौध करोड लागतमा मनाङमा पुल बन्दै