काठमाडौँ । मनाङ जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका तर्फबाट उम्मेदवार रहेका पोल्देन छोपाङ गुरुङ र कुवेरसिंह गुरुङले औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिन निवेदन पेश गरेका हुन्।
तोकिएको समय सीमाभित्र निवेदन दर्ता भएसँगै उनीहरूको मनोनयन खारेज भएको कार्यालयले जनाएको छ।
स्रोतका अनुसार एमालेले मनाङमा नेपाली काँग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई समर्थन गर्ने रणनीतिअनुसार आफ्ना उम्मेदवारको उम्मेदवारी फिर्ता गराएको हो।
यस घटनाक्रमले मनाङको निर्वाचन प्रतिस्पर्धा समीकरणमा परिवर्तन आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ माघ २०८२, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य गतिमा फर्कँदै मनाङको पर्यटन
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति
मनाङमा रैथाने बाली उत्पादन घट्दै
मनाङमा ४६ विद्यार्थीले एसइई दिने
मनाङ केन्द्रबिन्दु भएर भूकम्प