काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका शीर्ष नेताहरु अहिले प्रधानमन्त्री निवास वालुवाटार जान लागेका छन् । ओलीले संसदमा आज सम्बोधन गर्ने कार्यक्रम तय भएपनि कांग्रेसशीर्ष नेताहरुले त्यस अगाडी नै ओलीलाई भेटन लागेका हुन् ।
अहिले विहान १० बजे उनीहरु प्रधानमन्त्री निवास वालुवाटार जान लागेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा कांग्रेस नेताहरु वालुवाटार जान लागेको बताए ।
‘उहाहरु कोभिड १९ रोकथाम र नियन्त्रणमा सरकार असफल हुदै जान थालेपछि यसको नियन्त्रणका लागि प्रधानमन्त्री लाई झकझकाउने र उपाय सुझाउने उदेश्यले वालुवाटार जान लाग्नुभएको हो,’मुख्य सचिव पौडेलले भने ।
ओलीले कांग्रेसस नेताहरुलाई विहान १० वजे वालुवाटारमा भेटका लागि समय उपलब्ध गराएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०७७, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’
प्रधानमन्त्री ओलीले दिए राजीनामा
सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली
यस्तो छ एमालेले चाहेको नेपाली विशेषताको समाजवाद (दस्ताबेज)