काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका शीर्ष नेताहरु अहिले प्रधानमन्त्री निवास वालुवाटार जान लागेका छन् । ओलीले संसदमा आज सम्बोधन गर्ने कार्यक्रम तय भएपनि कांग्रेसशीर्ष नेताहरुले त्यस अगाडी नै ओलीलाई भेटन लागेका हुन् ।
अहिले विहान १० बजे उनीहरु प्रधानमन्त्री निवास वालुवाटार जान लागेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा कांग्रेस नेताहरु वालुवाटार जान लागेको बताए ।
‘उहाहरु कोभिड १९ रोकथाम र नियन्त्रणमा सरकार असफल हुदै जान थालेपछि यसको नियन्त्रणका लागि प्रधानमन्त्री लाई झकझकाउने र उपाय सुझाउने उदेश्यले वालुवाटार जान लाग्नुभएको हो,’मुख्य सचिव पौडेलले भने ।
ओलीले कांग्रेसस नेताहरुलाई विहान १० वजे वालुवाटारमा भेटका लागि समय उपलब्ध गराएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०७७, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी