नेपाली सेनाले चीन सरकारसँग जिटुजी माध्यमबाट खरिद गरेका मेडिकल सामग्रीअन्य व्यापारी घरानाले चीनबाट नै खरिद गरेर ल्याएका सामानको तुलनामा निकै महँगो पर्न गएको भेटिएको छ।
यस्तो मूल्य अन्तरले जिटुजी प्रक्रियाभन्दा प्रतिस्पर्धाबाट गरिएको खरिद बढी पारदर्शी भएको र सस्तो पनि पर्न गएको सरकारी अधिकारीहरु बताउँछन्।
नेपाली व्यापारीले चीनबाट खरिद गरेको सामानको मूल्य र जिटुजी प्रक्रियाबाट खरिद गरिएको सामानको मूल्यमा ठूलो भिन्नता देखिएकाले पनि जिटुजी खरिदमा गम्भीर प्रश्न उठ्न थालेको विज्ञहरु बताउँछन्।
यसअघि सरकार आफैंले किनेर ल्याएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको भन्दै आलोचना चर्केपछि यस्ता सामग्री खरिद गर्न सेनालाई दिने निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको थियो।
सेनाले करिब साढे ५१ सय (४३ डलर ३० सेन्ट) हालेर ५ हजार ३ सय ३९ थान इन्फ्रारेड थर्मोमिटर खरिद गरेको छ। तर यसअघि सरकारले व्यापारी सुलभ अग्रवालले २० डलर अर्थात २४ सय रुपैयाँमा किनेको इन्फ्रारेड थर्मोमिटर (गन) १५ हजारमा बेच्दै गरेको भेटेपछि उनलाई कालोबजारीको अभियोगमा पक्राउ गरेको थियो। नगरिक दैनिक मा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २७ जेठ २०७७, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनामा तीन सय ८८ पदमा जागिर खुल्यो
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह
बौद्ध र चाबहिल क्षेत्रबाट लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद
वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना