काठमाडौं । संसदमा आज मन्त्रीहरुले मात्रै बोल्ने कार्यक्रम छ । आर्थिक वर्ष २०७७-०७८ को बजेटमा मन्त्रालयगत छलफलमा भाग लिएर सांसदहरुले उठाएका प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ ।
मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम सकिएपछि बजेटको विनियोजन विधेयक आजै पारित गर्ने गरी संसदको कार्यसूचि तोकिएको छ । बजेटमा प्रतिपक्ष काँग्रेसका भन्दा पनि सत्ता पक्षकै सांसदहरुको कडा आलोचना देखिएको थियो । सांसदहरुले मन्त्रालयगत छलफलका क्रममा निक्कै आलोचना गर्नेमा नेकपाकै सांसदहरु कडा रुपमा देखा परेका थिए ।
हिजो मात्रै पनि मन्त्रालय गत छलफलमा भाग लिदा भीम रावल, पम्फा भुषाल, नविना लामा लगायतका नेकपाकै सांसदहरुले बजेटमा खरो टिप्पणी मात्र गरेनन, अर्थमन्त्री डा. युवराज खतिवडामाथी पनि प्रश्न चिन्ह उठाएका थिए । प्रतिपक्ष त बजेटको विपक्षमा हुने नै भो । आफनै सांसदहरुले खरो रुपमा उठाएका प्रश्नहरुको जवाफ कसरी दिने भन्नेमा मन्त्रीहरु तयारीमा जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०७७, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि
सुशीला कार्की नेतृत्वको सरकारमा यी हुन् अब चर्चामा रहेका तीन मन्त्री
नवनियुक्त चार मन्त्रीले लिए शपथ
नवनियुक्त मन्त्रीहरूको शपथ २ बजे
मन्त्री छनौटमा बारबरा फाउन्डेसन हावी : थपिने दुई मन्त्री फाउण्डेसनबाटै
नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद