काठमाडौँ । कोरोना सन्त्रासका कारण विदेशमा फसेका नेपाली ल्याउन नेपाल सरकारले शुरु गरेको छ । पहिलो चरणमा आज म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्किसकेका छन् । उनीहरु नेपाल फर्किएसंगै तोकिएको क्वारेन्टाईन स्थलमा पठाईसकिएको छ ।
तर आजै संयुक्त अबर इमिरेट्स (युएई) बाट एयर अरेवियाको बिमानबाट १ सय ६२ जना यात्रु नेपाल आउने निश्चित बनेपनि विमान भाडा कसले तिर्ने निक्यौल नहुँदा उनीहरु आउने नआउने अनिश्चित जस्तै बनेको छ । विमानको भाडा आउन लागेका यात्रु वा सरकारले तिर्ने भन्ने विषयमा विवाद हुँदा शुक्रबारका लागि तय भएको उडान अनिश्चित भएको स्रोतले जानकारी दिएको छ।
नेपाली रहेका सम्बन्धित देशले नै विमानको व्यवस्था गरी ल्याउने भनिएको भए पनि अहिले आएर पैसा कसले तिर्ने भन्नेमा विवाद भएको हो । पालको सरकारी निकायसँग आवश्यक समन्वय नभएको भन्दै सो उडान अहिलेसम्म पनि हुने नहुने यकिन भइनसकेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।
यस विषयमा युएई स्थित नेपाली दूतावासमार्फत् समन्वय भइरहेको छ । यात्रुहरुको कोरोना परीक्षण गरिएको छैन। यता यूएइबाट फर्कने नेपाली यात्रुहरु भने बोर्डिङ पास लिएर यूएइ विमानस्थलमा अलपत्र परेका छन् । कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टिमा राखी घर पठाउने योजना अनुसार शुक्रबारदेखि शुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ जेठ २०७७, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार
नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह