काठमाडौं । श्रीलङ्काले नेपालसहित ४० देशका नागरिकलाई ३० दिन अवधिको नि:शुल्क पर्यटक भिसा प्रदान गर्ने व्यवस्था लागू गरेको छ। श्रीलङ्काको अध्यागमन प्रणालीले जारी गरेको नयाँ सूचनाअनुसार यो नियम सन् २०२६ मे २५ देखि कार्यान्वयनमा आएको हो।
काठमाडौंस्थित श्रीलङ्काली दूतावासले जारी गरेको विज्ञप्तिका अनुसार, नयाँ व्यवस्थासँगै अब नेपाली नागरिकले भ्रमणका लागि श्रीलङ्का जाँदा भिसा शुल्क तिर्नुपर्ने छैन। यद्यपि, यात्रा गर्नुअघि अनलाइनमार्फत ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ (ईटीए) भने अनिवार्य रूपमा प्राप्त गरेको हुनुपर्नेछ।
दूतावासका अनुसार, भिसा नि:शुल्क भए तापनि श्रीलङ्का जानुअघि सबैले ईटीए प्रणालीमार्फत आवेदन दिएर स्वीकृति लिनु अनिवार्य छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ जेठ २०८३, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह
सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिए
अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा युएईमा कार्यरत नेपालीहरूलाई चेतावनी