काठमाडौं । लामो समयको प्रतीक्षापछि शुक्रबारदेखि विदेशमा अलपत्र परेका नेपालीको उद्धार कार्य थालिने भएको छ । विश्वभर महामारिका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण रोजागरी गुमाएका एवं अन्य विभिन्न काम विशेषले विदेश पुगेर अलपत्र परेका नेपाली नागरिकलाई लिएर शुक्रबार २ वटा विमान चाटर्ड उडान भरि नेपाल आउने भएका हुन् ।
विदेशमा अलपत्र परी गम्भीर समस्यामा परेका नेपालीलाई तत्काल ल्याउने तयारी सरकारले गरेसँगै पहिलो चरणमा संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट एक-एकवटा विमान नेपाल आउन लागेका हुन् ।
अहिले युएई तथा म्यानमारबाट आफूहरूलाई औपचारिक रूपमा पत्र नआए पनि मौखिक जानकारी भने आइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागले जानकारी दिएको छ ।
अध्यागमन विभागका अनुसार पहिलो चरणमा शुक्रबार दुईवटा विमान नेपाली नागरिकलाई लिएर चार्टड उडान भरी नेपाल आउन लागेका हुन् । विदेशमा अलपत्र नेपालीहरूबाट पहिलो चरणमा लकडाउनका कारण रोजगारीका लागि विदेश गएर भिसा सकिएका, घर फिर्ती केन्द्रमा रहेका, आममाफी पाएका, ज्येष्ठ नागरिक, महिला, बिरामी, परिवारलाई भेट्न गएका, भिसा अवधि सकिएर स्वदेश आउनकै लागि यसअघि नै चेकआउट भएका र आफन्त बितेर अन्तिम संस्कारमा आउनुपर्नेहरूलाई स्वदेश ल्याउने निर्णय सरकारले गरेको थियो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २३ जेठ २०७७, ०७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार
नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह