मन्त्रिपरिषद बैठकमा लकडाउन खुकुलो पार्ने विषयमा छलफल

कार्ययोजना बनाउन उच्चस्तरीय समितिलाई जिम्मेवारी

सफल खबर संवाददाता

विहीबार, २२ जेठ २०७७, २० : २०
मन्त्रिपरिषद बैठकमा लकडाउन खुकुलो पार्ने विषयमा छलफल

फाईल फोटो

काठमाडौँ । मन्त्रिपरिषद् बैठकमा लकडाउनलाई खुकुलो बनाउने विषयमा छलफल भएको छ। 

 प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार रातिसम्म चलेको बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल भएपनि ठोस निर्णय भने हुन बाँकी रहेको एक मन्त्रीले जानकारी दिए । 

ती मन्त्रीका अनुसार लकडाउन खुकुलो कसरी गर्ने भन्ने विषयमा कार्ययोजना बनाउन उच्चस्तरीय समितिलाई जिम्मेवारी दिइएको छ। समितिले बनाएको कार्ययोजनाका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने ती मन्त्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस