काठमाडौँ । मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै छ। प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो २:३० बजेका लागि बैठक बोलाएको जनाएको छ। बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णयसँगै नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्तिको विषय पनि छलफलमा आउने बताइएको छ।
गृह सचिव रामेश्वर दंगाल उपत्यकाबाहिर रहेका कारण आजै निर्णय नहुने सम्भावना रहेको प्रशासनिक स्रोतले जनाएको छ। तर, प्रधानमन्त्रीले चाहेमा निमित्त सचिवमार्फत पनि निर्णय अघि बढाउन सकिने अवस्था रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ कार्तिक २०८२, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठकबाट बजेट पारित
सहकारी बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी