एमाले महाधिवेशन : ओलीले बोलाए केन्द्रीय कमिटी बैठक, बन्दसत्र सर्‍यो

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०८२, ०८ : ४०
एमाले महाधिवेशन : ओलीले बोलाए केन्द्रीय कमिटी बैठक, बन्दसत्र सर्‍यो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । बिहान ९ बजे काठमाडौँको भृकुटीमण्डपमा बस्ने गरी बैठक बोलाइएको प्रचार  विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

पार्टी महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमा सुरु हुँदैछ । यसअघि ७ः३० बजेका लागि बोलाइएको बन्दसत्र भने मध्याह्न १२:३० बजेको लागि सारिएको छ । यद्यपि नेता कार्यकर्ताहरू बन्दसत्र स्थलमा भेला हुन थालेका छन् । 

यसै क्रममा बोलाइएको केन्द्रीय कमिटी मार्फत अध्यक्ष ओलीले विभिन्न प्रस्ताव अघि सार्ने भएका छन् । ओलीका प्रस्ताव केन्द्रीय कमिटी हुँदै बन्दसत्रमा पेस हुनेछन् । 

एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले दाबी गरेका छन् । नयाँ नेतृत्व चयन गर्दै जारी महाधिवेशन सोमबार समापन गर्ने तयारी छ । 

प्रतिक्रिया दिनुहोस