काठमाडौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पाँचवटा फर्मलाई जनही १० हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागले उद्योग तथा फर्मको अनुमगनका क्रममा सोमबार काठमाडौँका विभिन्न ठाउँमा स्थलगत निरीक्षण गरेको थियो।
स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसहितको अनुमगनका क्रममा विभागले सुमेस ग्लास ट्रेडर्स गोंगबु, कृष्णा टायल एण्ड सेनिटरी हाउस, आर एन ट्रेडर्स, युनिभर्सल होम सोलुसन प्रालि र सिरक डसना पसललाई जनही रु १० हजारका दरले जरिवाना गरेको हो।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारबाही गरिएको विभागले जनाएको छ। त्यस्तै विभागले अन्य ११ फर्मलाई भने सामान्य निर्देशन मात्रै दिएको छ।
विभागले सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा देशव्यापी रूपमा नै अनुमगन तथा निरीक्षण गर्दै आएको छ। बजारलाई स्वच्छ, मर्यादित बनाउन क्रियाशील रहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ पुस २०८२, ०६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना
वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना
वाणिज्य विभागले गर्यो दुई फर्मलाई जरिवाना
तीन उद्योगलाई एक लाख १० हजार जरिवाना
वाणिज्य विभागले गर्यो तीन होटललाई जरिवाना
काठमाडौँका यी दुई रेस्टुरेन्टलाई जनही ५० हजार जरिवाना