काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज एकैदिन २ हजार २ सयले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । शुक्रबार २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि २ महिनाअघि सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । आज उक्त रेकर्ड तोडेर हालसम्मकै उच्च भएको हो । त्यस्तै चाँदीकाे मूल्य भने घटेकाे छ ।
शुक्रबार ३ हजार ९ सय ५ रुपैयाँमा काराेबार भएकाे चाँदीक आज ८० रुपैयाँले घटेर एक तोला चाँदीको मोल तीन हजार ८२५ निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ मंसिर २०८२, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा कारोबार हुँदैछ ?