काठमाडौं । नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय सदस्यसहित केही आयोगका पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।
सार्वजनिक उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन्। केन्द्रीय सदस्य पदका क्लस्टरमा ११ जनाको एक्काएक्लै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भए।
निर्विरोध निर्वाचित हुनेहरु
लुम्बिनी प्रदेश– महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल
मधेशी कलस्टर– युवातर्फ अमरकुमार यादव
समावेशी मुस्लिम महिला– खाजिदा खातुन सिद्धकी
समावेशी श्रमिक महिला– कमलादेवी श्रेष्ठ र सीता लामा
पिछडिएको क्षेत्रको महिला– वदमीक्वारी बुढा
प्रवास दक्षिण एशिया– हरिप्रसाद घिमिरे
४० वर्ष मूनिको केन्द्रीय सदस्य युवा– नरेश रोकाया र सुशिलकुमार थापा
केही केन्द्रीय सदस्यसँगै अनुशासन आयोगको अध्यक्षमा प्राडा भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली र सचिवमा डा राजेन्द्र घिमिरे पनि निर्विरोध भएका छन्। त्यस्तै लेखा आयोगको अध्यक्षमा डा पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल पनि निर्विरोध निर्वाचित भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ पुस २०८२, ०६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग