काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दैछ । अहिले विहान ९ बजे प्रधानमन्त्री निवास वालुवाटारमा सचिवालय वैठक बोलाईएको छ । बजेट वक्तब्यको पारम्भिक रुपमा सकारात्मक भन्दै टिप्पणी गरेका नेकपा नेताहरु जब बजेटको रातो किताव हात लाग्यो, त्यसपछि फेरि एकपटक झस्किएका छन् ।
सोही कारण नेकपाले बजेट, संविधान संसोधन लगायतका विषयमा छलफल गर्न पार्टी सचिवालय वैठक बोलाएको हो ।
सरकारले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन सँगको कम्प्याक्ट सम्झौता पार्टीभित्र विवादमा रहेको र पार्टीले यस सम्वन्धमा औपचारिक कुनै निर्णय नलिईसकेको अवस्थामा गत २ जेठमा नीति तथा कार्यक्रममा घुमाउरो शैलीमा एमसिसिकै परियोजना अगाडी सारेको र अहिले बजेटमा पनि त्यसै परियोजनाका लागि बजेट विनियोजन गरेपछि नेकपाभित्र यस विषयले फेरि विवाद निम्ताएको छ ।
एमसिसी परियोजनाबाटै प्राप्त हुने भनेर राखिएको रकमसहित बजेट सरकारले लयाएको छ । तर एमसिसिको नाम भने उल्लेख गरेको छैन । यसले सत्तारुढ दलमा विवाद बढेको हो । बजेटमा यस विषयमा परिमार्जन गर्नुपर्ने पक्षमा नेताहरुले आवाज उठाईसकेका छन् ।
पार्टीभित्रै यस विषयमा विवाद बढेपछि हिजो साझ ७ बजे पार्टीका दुई अध्यक्ष केपि ओली र पुष्पकमल दाहालका वीचमा छलफल भएपछि अहिले विहान ९ बजेका लागि पार्टी वैठक बोलाउने निर्णय भएको हो । अहिलेको बजेट पारित भएमा अमेरिकासँगको एमसिसी सम्झौताले वैधानिकता पाउने आशंकापछि सचिवालय सदस्यको दबाबमा शनिबार बिहान आकस्मिक रूपमा सचिवालय बैठक बोलाइएको छ ।
वरिष्ठ नेता झलनाथ खनालले भने, – ‘एमसिसी यथास्थितिमै मान्ने, पालन गर्ने वा अनुमोदन गर्ने भन्ने प्रश्नै छैन । नीति तथा कार्यक्रममा भएको पनि प्रधानमन्त्रीले लागू हुँदैन भनेपछि मात्र हामीले मानेका थियौँ, तर फेरि बजेटमा उक्त विषय आएको छ । त्यसकारण अब हटाउनुको विकल्प छैन, हटाइएन भने बजेट फेल हुन्छ ।’
अमेरिकी सहयोग एमसिसी परियोजनाअन्तर्गत प्राप्त हुने पाँच अर्ब ७२ करोड रुपैयाँ वैदेशिक अनुदान बजेटमा समावेश भएको छ । संसद्बबाट एमसिसी सम्झौता पारित नहुँदै सरकारले अनुदान रकमलाई आर्थिक वर्ष ०७७/७८ को बजेटमा समेटेको हो । बजेट किताबको अनुदान तथा ऋण सारांश अनुसूची १० मा एमसिसी अमेरिकाबाट पाँच अर्ब ७२ करोड ७२ लाख रुपैयाँ प्राप्त हुने वैदेशिक अनुदानका रूपमा राखिएको छ ।
यसैलाई प्रश्न उठाउदै नेताहरुले अध्यक्ष प्रचण्डमाथी पार्टी बैठक बोलाउन दवाव बढाएपछि अहिले विहान सचिवालय बैठक बस्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ जेठ २०७७, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपाले राजेन्द्र श्रेष्ठलाई पार्टीमा भित्राउँदै गर्दा घनश्यामले भित्राउनेछन् चन्ददेव जोशीलाई