काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव सर्वसम्मतिले पारित गर्न राजनीतिक दलका नेताहरुसँग आग्रह गरेका छन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावको पक्षमा एक ठाउँमा हुने तर त्यसका लागि केन्द्रीय समिति बैठकबाट निर्णय कुर्न माग गरेका छन्। ‘संविधान संशोधन प्रस्तावको पक्षमा हामी छौँ। राष्ट्रियताको विषयमा हामी एक ठाउँमा छौँ’, देउवाले बैठकमा भने, ‘हामीलाई समय दिनुहोस् केन्द्रीय समिति बैठक बसेर निर्णय गर्छौँ।’

यस्तै बैठकमा जनता समाजवादी दलका नेता महन्थ ठाकुरले संविधान संशोधन गर्दा आफ्ना मागहरु पनि समेट्न आग्रह गरेका थिए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता सहभागी भएका थिए । बैठकमार्फत सरकारले निशाना छाप संसोधनका लागि एकमत बनाउने प्रयास गरेको हो । सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ जेठ २०७७, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी