लहान । प्रहरीको गस्ती टोलीले लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ स्थित सीमावर्ती क्षेत्रबाट एक युवकलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ निवासी ४५ वर्षीय विजयलाल पासवानलाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेका पासवानको साथबाट लागुऔषध डिलेक्सटीम डिसी १०० एमएलको ४४ बोतल, रिपलिन १०० एमएलको ३६ बोतल, नाइट्रेजेपेम ट्याब्लेट १२० थान, एसपास्मोस प्रोसेभोम ४४ थान र राजनिवास बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
नागढुंगामा लागुऔषध नियन्त्रण अभियान, यात्रुवाहक बसबाट एक व्यक्ति पक्राउ
गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ