बिकास मेरै प्राथमिक्ता हो , म सबैले अनुभूति गर्नेगरी गरेरै देखाउछु : धनस्याम दाहाल (अबिनास )

सोमबार, ०४ मंसिर २०७४, १९ : ५०
बिकास मेरै प्राथमिक्ता  हो , म सबैले अनुभूति गर्नेगरी गरेरै देखाउछु : धनस्याम दाहाल (अबिनास )

 

चितवनमा यतिवेला चुनावी चटारो निकै बढेको छ । दलका नेताहरु यतिवेला जनताका घरघरमा गई आफ्नो चुनावी प्रतिवद्धा र भोट माग्न व्यस्त छन् । यसै क्रममा चितवनको क्षेत्र नं २ अन्तर्गत (क) प्रदेशमा संयुक्त वाम गठवन्धनका उमेद्वार घनश्याम दाहाल "अनिवास" संग पत्रकार प्रकाश ज्ञवालीले गरेका कुराकानीको सारसक्षेप :

किन तपाईको उमेद्वारी क्षेत्र नं २ को (क) प्रदेशवाट ?
चितवनको माटोलाई नजिकवाट वुझेको र अहिलेको क्षेत्र नं २ अन्तर्गतको ९क० प्रदेशका पहाडी भाग र समथर भागमा पनि अत्यन्त घुलमिल भएकोले यस क्षेत्रको विकासको सारथी सजिलै वन्न सक्ने भएकोले ।

तपाईलाई नै भोट किन दिने जनताले ?
युद्धकालिन समयमा होस् या शान्तिप्रक्रियामा आईसकेपछि मैले यसक्षेत्रका जनतासंग नजिकवाट भिज्ने मौका पाएको छु । विकासका लागि प्रत्यक्ष,परोक्ष रुपमा काम गर्दै आएको छु । दश वर्ष त मैले पहाडी क्षेत्रमै स्थानीयको घरघरमै विताएको छु । सो क्रममा मैले यहाको वास्तविक जीवन के हो रु आवश्यकता के हो भन्ने वुझेको छु । मैले चितवनको पहाडी र समथर भागको विकासको मोडल तयार पारेको पनि छु । सो लागु गर्न पनि मलाई यस क्षेत्रका मतदाताले मलाई भोट दिनुहुनेछ भन्ने विश्वास छ ।

 

संभावना भएको स्थानमै चुनौती हुनु स्वभाविक पनि हो । खासगरी पहाडी भेगको विकास हामीले भनेजस्तो तीव्र नहुनपनि सक्छ । त्यसैले मैले भनिरहको छु कम्तिमा पनि ५ वर्ष काम गर्ने वातावरण वन्नुपर्छ । अव दीर्घकालिन योजनाविनाको विकास दिगो खालको हुदैन भन्ने देखिसकेका छौं । त्यसैले कम्युनिष्टहरुको जीत आवश्यक छ । स्पष्ट वहुमतको सरकार आवश्यक छ । त्यसका लागि म आम मेरा मतदातासमक्ष निवेदन गर्छु एकपटक म लगायतका वाम गठवन्धनका उमेद्वारलाई जिताउनुस् विकासमा सारथी वन्ने काम हामी गर्र्छो ।

विकासको खास मोडल छ भन्नुभयो खासमा के के हुन् र ?
मैले वुदागत रुपमा भन्छु,पहिलो शक्तिखोरको औधोगिक क्षेत्र । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको समयमा यसको डिपिआर तयार भईसकेको छ । यसलाई पुरा गरी सोही क्षेत्रका लागि हुनेगरी विधुत्त निकाल्ने पनि योजना छ । जसका लागि हुग्दी शक्तिखोर सुरुङ मार्ग मार्फत चितवनमा विद्युत्त उत्पादनको तयारी अगाडि वढ्नेछ । ल् जसले एकातिर उद्योगधन्दासंगै चितवन उज्याले अभियान पुरा हुनेछ भने पूर्वी र पश्चिमी भाग सिंचाई समेत हुनेछ ।

अर्को हाम्रो क क्षेत्र पर्यटनको प्रचुर खानी भएको क्षेत्र हो । इच्छाकामना,कालिका र भरतपुरको उपल्लो भेग९कविलास० कुनै न कुनै हिसावले पर्यटनसंग सम्वन्ध राख्दछ । त्यस्तै सवैभन्दा अग्लो स्थान सिराईचुली,उपरदाङगढी,विभिन्न झरनाहरु,गुफाहरु,मठमन्दिर,गुम्वा,मश्जिद आदिलाई व्यवस्थित गरी प्रचारप्रसार गरी स्थानीयको पहिचानसंग जोड्न सकिन्छ । त्यसका लागि म जिल्लाको सेक्रेटरी हुदा वनेको चेपाङ पर्यटन मार्गको विस्तार र व्यवस्थित गरी पहाडी सवै इलाकामा ट्रेकिङ्गको व्यवस्था गर्न सम्भव छ । अर्कोतर्फ जिल्लाकै महत्वपूर्ण ट्रान्जिटका रुपमा रहेको मुग्लिनलाई झिलिमिली वनाई दिनरात यहाको व्यवसाय चलायमान वनाउनु पनि अर्को महत्वपूर्ण काम हुनेछ ।
अर्को कृषि र पशुलापनको प्रचुर खानी छ हाम्रो क्षेत्र । वाख्रापालन,अम्रिसो,अदुवा,सुन्तला र दालजन्य वस्तुको उत्पादन वृद्धि गर्न विशेष कार्यक्रमको थालनी गर्न सकिन्छ । त्यसैमा च्यूरीको उत्पादन वढाउने र प्रशोधन केन्द्र वनाई एकातिर महको उत्पादनमा वृद्धि गर्न सकिन्छ भने विशेषगरी चेपाङ किसानलाई घरै वसिवसी लाखौ आम्दानी गर्न सकिने हैसियतमा पुरयाउन सकिने प्रशस्त संभावना छ ।

शिक्षा र स्वास्थ्यमा अत्यन्त कमजोर छ सो क्षेत्र र ?
हो यो विषयमा म अत्यन्त गम्भीर छु । यो विषय दिर्धकालिन र तत्कालिन दुई तवरवाट आउन जरुरी छ । समग्र शिक्षा,स्वास्थ्य र रोजगारीको लागि स्थिर सरकार आवश्यक छ । जसका लागि वाम गठवन्धनका उमेद्वारहरु जित्न जरुरी छ । दुई तिहाई वहुमत आए वामपन्थीको एकलौटी सरकार लामो समय रहन्छ र नीतिगत रुपमै शिक्षा,स्वास्थ्य र रोजगारी सरकारको जिम्ममा आउछ । पहिलो वर्षमा कुनै न कुनै परियोजना लागु गरेर पहाडी भेगमा सवै वालवालिकालाई विद्यालयसम्म पुर्याउने कामको थालनी गर्नेछौं । सो पश्चात दिर्धकालिन योजना अनुसार नै जानुपर्ने हुन्छ । मेरो अनुरोध छ तसर्थ वाम गठवन्धनका उमेद्वारलाई विजयी गराउनुहोस् । यसका अलावा तत्कालका लागि मेरो भूमिका यस क्षेत्रमा एउटा प्राविधिक शिक्षालय खोल्नु हुनेछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि कलेज शक्तिखोरमै ल्याउनका लागि पनि हामी विशेष निर्णय गरिसकेका छौं । कामहरु दर्जनौं छन् एकैपटक भन्नुभन्दा पनि काम गर्दै जादा स्वभाविक हुन्छ ।

धार्मिक तथा ऐतिहासिक देवघाट,ठिमुरा जस्ता क्षेत्रहरु पनि तपाई निर्वाचन लडिरहेकै क्षेत्रमा परेका छन् ,के छन् योजना यी स्थानको प्रवद्र्धन गर्ने र?
वडो महत्वपूर्ण प्रश्न हो यो । झ्याप्प हेर्दा सामान्य जस्तो लाग्ने देवघाटको महत्व अन्तराष्ट्रिय स्तरको छ । यसको पहिचान मेट्ने प्रयाश पनि भएका छन् । यस्तो समयमा देवघाटलाई पुर्नचलायमान वनाउन जरुरी छ । जसका लागि यहाको ऐतिहासिकता नमर्ने गरी केही वैज्ञानिक पद्धतीवाट विकास गर्न जरुरी छ । देवघाटको तल्लो त्रिशुली र कालीगण्डकीसंग जोडिएको भेगलाई व्यवस्थित गरी नारायणी नदीको महत्व अझ वढाउन जरुरी छ । जसका लागि तटीय क्षेत्रलाई व्यवस्थापन गरी पर्यटक आकर्षणको केन्द्र वनाउन सकिन्छ । एकातिर धार्मिक एवम् अर्कोतर्फ त्रिशुली र नारायणीमा साहसिक पर्यटनका गतिविधि गराउन सकिन्छ त्यसका लागि निर्वाचन जीतेको भोलिपल्टैवाट स्थानीय सरकार र केन्द्र सरकारसंग समन्वय गरी काम थाल्ने योजना वनाएको छु । त्यसैगरी ठिमुरा र रामनगरसंग जोडिएको वनलाई एकातिर संरक्षण गर्ने र संगसंगै यसवाट लिने फाईदा पनि लिने गरी दुवै तवरले यस क्षेत्रलाई अगाडि वढाई समग्र देवघाटधामलाई लुम्विनी र पोखराको पर्यटनसंग जोड्ने योजना मेरो छ ।


संक्षिप्त परिचय

नामःघनश्याम दाहाल (अविनाश)
जन्मः२०२१ साल पौष ५ गते साविकको कृस्तीनाप्ने चौर गाविस हालको पोखरा लेखनाथ,कास्की ।
वुबाःमुक्तिनाथ दाहाल,माताःगंगामाया दाहाल
स्कूल शिक्षा,वयली प्रावि ३ कक्षासम्म ।
२०३२ मा वुवाआमाको साथ लागेर चितवनको माडीमा वसाई सराई ।
एसएलसी माडी मावि माडीवाट ।
स्कूले जीवनमै क्रान्तिकारी र हक्की स्वभाव (स्कूलमै युवक संघमा आवद्ध )
२०४१ सालमा तत्कालिन मसालको पाटी सदस्य
२०४५ सालमा इलाका सदस्य ।
२०४७ मा पाटी एकता संयोजन समिति सदस्यमा आवद्ध भई एकता केन्द्रको इलाका सदस्य ।
२०४८ मा इलाका सेक्रेटरी
२०५१ मा नेकपा माओवादीको जिल्ला सदस्य ।
युद्धको समयमा स्याङजा,नवलपरासी,धादिङको कृष्णभीर लगायतका स्थानमा भएको लडाईमा व्यवस्थापकीय भूमिका ।
२०५५ तिर किसान संघ चितवनको जिल्ला अध्यक्ष ।
२०५९ साल साउनमा नवलपरासी जिल्लाको इन्चार्ज
२०६१ मा नेकपा माओवादीको चितवन इन्चार्ज ।
२०६२ को चुनवाङ वैठकपछि चितवनको सेक्रेटरीको जिम्मा ।
२०६४ को निर्वाचनमा सेक्रेटरीकै भूमिकामा रहदा पाटीलाई जिल्लामा अत्याधिक मत सहित सवै नेता जिताउन सफल । २०६२ देखि ०६४ को भूमिका जिल्लामा अत्यन्त सफल ।
युद्धकालिन समयमा पटक पटक तत्कालिन सेनाको मुखमा परेर पनि वाच्न सफल ।
मंसिर २१ गते हुने निर्वाचन अन्तर्गत चितवन जिल्लाको क्षेत्र नं २ को ९क०प्रदेश९क्षेत्र०वाट उमेद्वार ।

प्रतिक्रिया दिनुहोस