सिञ्जा । जुम्लाको हिमा गाउँपालिका–३ मोफ्लास्थित राहदेव फर्निचर उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान ३ बजे फर्निचर उद्योगमा जडान गरिएको विद्युत् चुहिएर आगलागी भएको सञ्चालक हुकुम सार्कीले जानकारी दिनुभयो ।
आगलागीबाट रु १६ लाख ११ हजार ३ सय बराबरको क्षति पुगेको हो । राति आगलागी भएकाले भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको कल्पना सार्कीले बताउनुभयो । चार वर्षदेखि उक्त उद्योग सञ्चालनमा थियो । मोफ्लावासीले कुटानी, पिसानी र काठ च्यात्नेदेखि सबै सेवासुविधा मिलबाट लिँदै आएका थिए ।
आगोले उद्योगमा निर्माण भएका फर्निचर एवं यन्त्र जलेर नष्ट भएको पीडित सार्कीलाई उद्धृत गर्दै सिञ्जा गाउँपालिका–३ धितालीका पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । आगलागी भएपछि बड्की प्रहरीचौकी तथा स्थानीय बासिन्दाको सहयोगमा करीब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । फर्निचर उद्योगमा रहेका यन्त्र, फर्निचरमा प्रयोग हुने कच्चा पदार्थलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको हो ।
आगलागीबाट फर्निचरसँगै गोदामघर, फर्निचर निर्माणस्थल, कच्चा पदार्थ राखिएको स्थल, फर्निचरमा प्रयोग हुने काठ, सोफामा प्रयोग हुने कपडा जलेका हुन् । बड्की प्रहरी चौकीले क्षतिको मुचुल्का उठाइसकेको धितालले बताउनुभयो । आर्थिकावस्था कमजोर भएका सार्कीलाई फर्निचर उद्योगमा आगलागी भएपछि परिवार पाल्न धौधौ हुने भएको छ ।
एकसरो लुगा र आम्दानीको प्रमुख स्रोत रहेको उद्योगमा आगलागी हुँदा अहिले बिजोग भएको छ । फर्निचरमा भएको क्षति हेरी वडा र गाउँपालिकाबाट सहयोगको आशा गरिएको उहाँले बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०९ जेठ २०७७, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि