कोरोना संक्रमण हुनेमा पुरुष बढी

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ जेठ २०७७, ०८ : ३९
कोरोना संक्रमण हुनेमा पुरुष बढी

काठमाडौं । विश्वमा नै कोरोना संक्रमण महिलामा भन्दा पुरुषमा बढी देखिएको छ भने पछिल्लो समय बालबालिकामा पनि देखिन थालेको छ । यसका साथै दुब्ला मान्छेमा भन्दा मोटा मानिसमा अझ बढी संक्रमण देखिएको स्वास्थ्यकर्मीले औंल्याएका छन् ।

महिलामा भन्दा पुरुषमा एसटु रिसेप्टर बढी हुने हुनाले पुरुषमा बढी संक्रमण देखिएको स्वास्थ्यकर्मीको ठम्याइ छ । कोरोना भाइरस फोक्सोमा गएर टाँसिन्छ र फोक्सोमा नै बढी फैलन्छ । भाइरसको काम नै शरीरको रोगसँग लड्ने शक्ति कम गराउँदै संख्या वृद्धि गर्ने र स्वरूप परिवर्तन गर्ने हुन्छ ।

अमेरिकाकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा विस्तारै सुधार आएको अमेरिकाको न्युुयोर्कस्थित मेथोडिक्स अस्पतालमा कार्यरत एक नेपाली नर्सले जानकारी गराउनुभएको छ । उहाँका अनुसार मधुमेह, उच्च रक्तचाप, मुटु रोगीहरूलाई बढी समस्या हुन्छ ।

अमेरिकामा कोरोना संक्रमण भएकाको शरीरको क्षमताको ल्याब परीक्षण गरी एन्टिभाइरल औषधि प्रयोग गर्दै आएको छ । तर, यो औषधिको साइडइफेक्ट बढी हुन सक्छ । लिभर, मृगौला, मुटु, श्वास–प्रश्वासको समस्या भएका बिरामीलाई यस्तो औषधि प्रयोग गर्नुअघि सम्पूर्ण परीक्षण गरिन्छ ।

ब्लडप्रेसरको औषधि एसेनिभिटर खाइरहेका बिरामीमा बढी संक्रमण भएको पाइयो । शुरूका दिनमा यो औषधि खुवाउने वा नखुवाउने दुविधा भए पनि अहिले भने नियमित सेवन गरेको औषधि छुटाउन नहुने निष्कर्षमा स्वास्थ्यकर्मीहरू पुगेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस