काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा मध्यमवर्गको संरक्षण र विस्तारलाई प्रमुख नीतिगत प्राथमिकतामा राखिएको बताएका छन्।
विगतका दशकहरूमा गरिबी न्यूनीकरणका नाममा मुख्यतः नगद हस्तान्तरणमा आधारित कार्यक्रमहरू सञ्चालन भए पनि त्यसबाट दिगो आर्थिक रूपान्तरण सम्भव नभएको निष्कर्षका आधारमा नयाँ दृष्टिकोण अपनाइएको उनको भनाइ छ।
काठमाडौँमा आयोजित फिन इन्फोटेक मेलालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सामाजिक सुरक्षाको परम्परागत ढाँचाभन्दा माथि उठेर नागरिकलाई आर्थिक रूपमा सबल बनाउने नीतिगत प्रयास बजेटमार्फत गरिएको बताए। उनका अनुसार राज्यको उद्देश्य केवल अनुदान वा नगद सहायता उपलब्ध गराउनु मात्र नभई निम्न आय वर्गलाई क्रमशः मध्यमवर्गीय आर्थिक हैसियततर्फ उकास्ने हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ जेठ २०८३, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५० लाखसम्मका गाडीमा मूल्य घट्ने अर्थमन्त्री वाग्लेको दाबी
असाधारण बजेट कार्यान्वयनको प्रयास गरिएको अर्थमन्त्री वाग्लेको दाबी
पुँजीगत खर्च अपेक्षित रूपमा वृद्धि हुन नसकेको अर्थमन्त्रीको स्वीकारोक्ति
अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले दिने
रास्वपाको बाचापत्रलाई न्याय गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री वाग्ले