सुर्खेत । सुर्खेतवासीले बाढीपहिरोको पूर्वसूचना मोबाइल एसएमएसबाटै थाहा पाउने भएका छन् । वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान विभागले बाढीको पूर्वसूचनाका लागि मोबाइल एसएमएस प्रणालीको शुरुआत गरेको हो ।
जल तथा मौसम कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले आकस्मिक बाढीको पूर्वसूचना बाढी आउनु केही घण्टाअगावै जनतासम्म पु¥याइ जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले एसएमएस प्रणाली शुरुआत गरिएको बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नेपाल टेलिकम र एनसेल सिम प्रयोगकर्ता सबैमा एसएमएस पठाउने व्यवस्था मिलाएको छ । “११५५ वा जलवायुबाट सबैको मोबाइलमा बाढीको पूर्वसूचना आउने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “पूर्वसूचनाले नागरिकलाई सम्भावित जोखिमबाट सुरक्षित रहन उपयोगी हुनेछ ।”(रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०८ जेठ २०७७, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम