एजेन्सी । इन्डोनेशियाका आचेह, उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तमा आएको भीषण बाढी र पहिरोका कारण मृत्यु संख्या ८११ पुगेको छ, भने ६२३ जना अझै वेपत्ता रहेको इन्डोनेशियाको राष्ट्रिय विपद् व्यवस्थापन निकायले बुधबार जनाएको छ ।
निकायका अनुसार मंगलबार मात्र ४० टन राहत सामग्री प्राप्त भएको छ, जसमा खाद्यान्न, खानेपानी, औषधि तथा उपचार सामग्री समावेश छन् । यी सामग्रीहरू प्रभावित बस्तीहरूमा पठाइने तयारी भइरहेको छ ।
अर्थसम्बन्धी समन्वय मन्त्री एर्लांगा हार्तार्टोले राहत साधनहरूले विपद्ग्रस्त नागरिकप्रतिको सरकारको चिन्ता झल्किने बताए । उनका अनुसार यस सहयोगले ‘तात्कालिक आवश्यकता पूरा गर्न, उद्धार तथा राहत कार्यलाई छरितो बनाउने र पुनःस्थापनाका प्रयासमा जुटेकालाई बल प्रदान गर्ने’ विश्वास गरिएको छ ।
राष्ट्रपति प्रबोवो सुबियाँतोले पनि प्रभावित जनताको आवश्यकता तत्काल सम्बोधन गर्ने, सामाजिक–आर्थिक पुनर्जीवनलाई छिटो अघि बढाउने तथा क्षतिग्रस्त पूर्वाधारको मर्मत र पुनर्निर्माणलाई सरकारको मुख्य प्राथमिकतामा राखिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ मंसिर २०८२, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम
यी जिल्लामा आकस्मिक बाढीको जोखिम