एजेन्सी । भारतमा कोरोना भाइरसबाट एकै दिन ६ हजार बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतका विभिन्न राज्यका गरि ६ हजार १ सय ४७ जना संक्रमित थपिएका हुन् ।
भारतमा एक दिनमा थपिएको संक्रमितको संख्या यो अहिलेसम्मकै बढी हो । यसअघि त्यहाँ २४ घण्टामा सबैभन्दा बढी ५ हजार जना थपिएको तथ्यांक छ । योसँगै भारतमा कुल संक्रमितको संख्या १ लाख ६ हजार ४ सय नाघेको छ । संक्रमित ४२ हजार ३ सय उपचारपछि निको भएर घर फकेृका छन् भने ३ हजार ३ सय संक्रमितको मृत्यु भएको छ । गत २४ घण्टामा भारतमा १ सय ४६ जनाको मृत्यु भएको छ ।
अघिल्लो दिनको तुलानामा त्यहाँ संक्रमित र मृत्यु हुनेको संख्या बढेको छ । सोमबार भारतमा ४ हजार ६ सय नयाँ संक्रमित थपिँदा १ सय ३१ जनाले ज्यान गुमाएका थिए । त्यसै गरि विश्वभरि अहिलेसम्म ४९ लाख ८२ हजार व्यक्ति संक्रमित भएका छन् भने ३ लाख २४ हजार संक्रमितको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’