एजेन्सी । भारतमा कोरोना भाइरसबाट एकै दिन ६ हजार बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतका विभिन्न राज्यका गरि ६ हजार १ सय ४७ जना संक्रमित थपिएका हुन् ।
भारतमा एक दिनमा थपिएको संक्रमितको संख्या यो अहिलेसम्मकै बढी हो । यसअघि त्यहाँ २४ घण्टामा सबैभन्दा बढी ५ हजार जना थपिएको तथ्यांक छ । योसँगै भारतमा कुल संक्रमितको संख्या १ लाख ६ हजार ४ सय नाघेको छ । संक्रमित ४२ हजार ३ सय उपचारपछि निको भएर घर फकेृका छन् भने ३ हजार ३ सय संक्रमितको मृत्यु भएको छ । गत २४ घण्टामा भारतमा १ सय ४६ जनाको मृत्यु भएको छ ।
अघिल्लो दिनको तुलानामा त्यहाँ संक्रमित र मृत्यु हुनेको संख्या बढेको छ । सोमबार भारतमा ४ हजार ६ सय नयाँ संक्रमित थपिँदा १ सय ३१ जनाले ज्यान गुमाएका थिए । त्यसै गरि विश्वभरि अहिलेसम्म ४९ लाख ८२ हजार व्यक्ति संक्रमित भएका छन् भने ३ लाख २४ हजार संक्रमितको ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा